काठमाडौं । परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा र प्रोटोकल विपरीत भएको परराष्ट्रविदहरुले बताएका छन् । यद्यपि कुनै विशेष परिस्थितिमा यसखालको भेट हुन सक्ने तर्क कतिपय विश्लेषहरुको छ । प्रधानमन्त्री ओलीले बिहीबार राति ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भ...