Friday October 30, 2020  |    | 

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४३ लाख ६८ हजार नाघ्यो

Pugchha - 2020 Aug 29 09:12 AM
IMG

विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलवार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलवारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ३० हजार ४०९ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये हालसम्म एक करोड ६८ लाख ९८ हजार ८९१ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६६ लाख ३९ हजार २८८ व्यक्ति कोरोना भाइरस सङ्क्रंक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख २ हजार ९२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।दक्षिण अमेरिकामा ५९ लाख ७४ हजार ९९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ८१९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ७१ लाख ४६९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ६४ हजार ४९५ जनाको मृत्यु भएको छ । युरोपमा ३४ लाख ४५ हजार ७९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ६ हजार ४७४ को मृत्यु भएको छ ।

एसिया ६६ लाख १ हजार ५९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ३५ हजार ३३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ६७० जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६०० जनाको मृत्यु भएको छ । लोक पथबाट साभार

कमेन्ट गर्नुहोस्