Friday October 23, 2020  |    | 

कर्फ्यूकै बीच रातो मच्छिन्द्रनाथमा क्षमा पूजा

Pugchha - 2020 Sep 07 08:48 AM
IMG

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा हिजो (बिहीबार) पुल्चोकमा झडप भएपछि आज (शुक्रबार) रथयात्रालाई स्थगित गरी क्षमा पूजा गरिएको छ ।

थप जटिल परिस्थिति नआओस भनेर जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू जारी गरे पनि कर्फ्यूकैबीच क्षमा पूजा गरिएको छ । बिहान ११ बजे भेला भएका सरोकारवालाले कर्फ्युकै बीच क्षमा पूजा गरेका हुन् । सरोकारवाल समूहले बैठक बसेर शुक्रबार क्षमा पूजा गर्ने, भदौ २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ। खबरहब अनलाइनबाट साभार 

कमेन्ट गर्नुहोस्