Saturday October 24, 2020  |    | 

चीनसँग निहुँ खोजेमा भारतको अर्थतन्त्र हुनेछ झनै कमजोर : ग्लोबल टाइम्स

Pugchha - 2020 Sep 07 09:03 AM
IMG

भारतसँग सीमाविवाद चलिरहँदा चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले एक लेख छापेर भारतलाई चेतावनी दिएको छ । चीनसँग संघर्ष जारी राखेमा भारतले ठूलो मूल्य चुकाउनुपर्ने उसको चेतावनी छ ।  ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतका लागि वास्तविक नियन्त्रण रेखाको अग्लो स्थानमा ठूलो संख्यामा सैनिक तैनाथ गर्नु निकै महंगो पर्नेछ ।

हरेक दिन हतियार र सामानको आपूर्ति गर्नुपर्दा उसको आर्थिक स्थितिमा नराम्रो असर पर्नेछ । जाडो लागेपछि सेना तैनाथीको खर्च अझै बढ्नेछ । सैन्य आपूर्तिको ठूलो लागतलाई विचार गर्दा भारतले आक्रामक तेवर देखाउनु बेकार छ ।’ ‘चीनसँग संघर्ष गर्दा भारतको विदेशी सहयोगलाई हानि पुग्नेछ अनि औद्योगिक आपूर्ति शृंखलालाई पनि प्रभावित पार्नेछ । यसले भारतीय बजारमा विश्वास घट्नेछ र लगानी तथा व्यापार हुने छैन । भारतले युद्धको छायाँबाट पर्ने आर्थिक असरको आकलन गर्नुपर्छ किनकि जाडो महिनामा एलएसीमा सेना तैनाथ गर्ने खर्च उसको कमजोर अर्थतन्त्रले धान्न सक्दैन ।’

‘अर्थतन्त्र कमजोर बनिरहेको बेलामा भारतले मूर्खतापूर्ण तरिकाले चीनसँग सीमाविवाद उठाएको छ । भारतीय सैनिकहरू एलएसी पार गरेर चिनियाँ क्षेत्रमा प्रवेश गरिरहेका छन् । भारतको गलत क्रियाकलापका कारण पहिले नै बिग्रेको द्विपक्षीय सम्बन्ध थप कमजोर बनेको छ । यसले गर्दा भारतमा चिनियाँ लगानी हुने छैन । अलीबाबा ग्रूपले भारतमा सबै लगानी रोकेको छ । अन्य चिनियाँ कम्पनीले पनि भारतमा व्यापार गर्ने छैनन् ।’

‘जुन १५ मा भएको सीमा संघर्षपनि मोदी सरकारले ५९ वटा चिनियाँ यापमा प्रतिबन्ध लगाएको थियो । भारतको यस्तो कदमले आर्थिक सहयोगमा हानि पुर्‍याउनेछ । कोरोना व्यवस्थापन गर्न नसकेको भारतले चीनसँग सम्बन्ध बिगार्दा अर्थतन्त्रमा फेरि झड्का लाग्नेछ । सीमा विवादका कारण भारतीय वस्तुहरूका लागि चीनको ठूलो बजार बन्द हुनेछ ।’ लोकान्तर अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्