Monday October 26, 2020  |    | 

आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्लीको दोस्रो जित

Pugchha - 2020 Sep 26 11:06 AM
IMG

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको हो ।

राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो । चेन्नईले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ३१ रन मात्र जोड्न सफल भयो ।

टिम दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शाले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

अर्का ओपनर शिखर धवनले ३५ रन जोड्दा पहिलो विकेटका लागि उनीहरुले ९४ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि ऋषब पन्तले ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ र साम करनले एक विकेट लिए ।

१७६ रनको चुनौती पाएको चेन्नईका लागि फाप डु प्लेसिसले ४३, केदार जाधवले २६, कप्तान महेन्द्रसिंह धोनीले १५, शेन वाट्सन १४, रविन्द्र जडेजाले १२ र मुराली विजय १० रन जोडे ।

कसिलो बलिङ गरेको दिल्लीका लागि कागिसो राबडाले ३, एन्रीच नोर्ट्जले २ र अक्षर पटेलले १ विकेट हात पारे । शुक्रबार रातिको जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । यो जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ । न्युज टवान्टीफोर बाट साभार

कमेन्ट गर्नुहोस्