Monday October 26, 2020  |    | 

अस्पताल लैजाने क्रममा बाटोमै गर्भवतीको मृत्यु

Pugchha - 2020 Oct 10 02:10 PM
IMG

बाजुरा : जिल्लाको बुढिनन्दा नगरपालिका ४ कुरुमा उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा गर्भवतीको मृत्यु भएको छ । घरमा सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बुढीनन्दा नगरपालिका ४ कुररुकी २३ वर्षीया अम्बकला रोकायाको बिहीबार राती मृत्यु भएको बुढीनन्दा नारपालका ४ कावडा अध्यक्ष राजन रोकायाले जानकारी दिए।

गाउँमा प्रसूति सेवा केन्द्र नभएपछि आफन्तले बोकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष रोकायाले बताए । दिउँसो सुत्केरी व्यथाले च्यापेकी अम्बकलालाई गाउँमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउँदै गर्दा मृत्यु भएको आफन्तले बताए।

कुरु गाउँमा प्रसूति केन्द्र नहुँदा त्यहाँका महिलाले विकरालमा ज्यान गुमाउन बाध्य छन्। कुरुमा यो वर्ष २ जनाले कोल्टि प्रथामिक स्वास्थ्य केन्दै ल्याउँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएको वडा अध्यक्ष रोकायाले बताए। अन्न्पुर्ण पोष्ट बाट साभार

कमेन्ट गर्नुहोस्