Saturday October 24, 2020  |    | 

कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईंको निधन

Pugchha - 2020 Oct 10 02:33 PM
IMG

काठमाडौँ । नेपाली कांग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को निधन भएको छ । शुक्रबार मध्यान्न चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको ९९ वर्षको उमेरमा निधन भएको हो । प्रसाईंलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमित प्रसाईँको अपराह्न साढे १२ बजे निधन भएको हो । प्रख्यात समाजसेवी चिन्तक सीके प्रसाईँका दाजु खनुपरुदे पछिल्लो समयमा कांग्रेसको राजनीतिबाट अलग थिए। बिपी कोइरालाका समकालीन नेता प्रसाईँ पछिल्लो समयमा २०४७ सालको संविधानलाई पुनर्स्थापित गर्नुपर्छ भन्ने अभियानमा थिए। नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दहासंस्कार गर्ने भएको छ । नेपाली पत्रबाट साभार

कमेन्ट गर्नुहोस्