Monday October 26, 2020  |    | 

एडिन्सन कभानी म्यान्चेष्टर यूनाइटेडमा आबद्ध हुने

Pugchha - 2020 Oct 10 09:54 AM
IMG
पेरिस सैन्ट जर्माइनका पूर्ब स्ट्राइकर एडिन्सन कभानी म्यान्चेष्टर यूनाइटेडमा आबद्ध हुन लाग्नुभएको छ । गत् जुन महिनामा कभानीले पेरिस सैन्ट जर्माइन छोड्नुभएको थियो ।
३३ वर्षीय ऊरुग्वेली कभानीले यूनाइटेडमा आबद्धताका लागि सम्झौता नगरे पनि उहाँ आइतबार इंग्ल्याण्डका लागि प्रस्थान गर्नुभएको र थप कुराकानी गर्नुहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्् । कभानीको यूनाइटेडसँग आबद्ध हुने इच्छालाई इंग्लीश फुटबल क्लबले सकारात्मक रुपमा लिएको छ । र प्रत्यक्ष भेटघाट गरेर अनुबन्धनका लागि प्रयास गरिने जनाएको छ ।
नेयमारसँगको असझदारीले उहाँ पेरिस सैन्ट जर्माइन त्याग्नुभएको थियो । कभानीले ३४१ क्लब खेलमा हालसम्म ५५६ गोल गर्नुभएको छ । सैन्ट जर्माइनका लागि ३०१ खेलमा मैदान उत्रेका कभानीले २०० गोल गर्नुभएको छ । ऊरुग्वेका लागि उहाँले ११६ खेलमा ५० गोल गर्नुभएको छ ।
सन् २०१३ मा कभानीले नपोली परित्याग गरी सैन्ट जर्माइनमा आबद्ध हुनुभएको थियो । गोरखापत्र अनलाइन बाट साभार

कमेन्ट गर्नुहोस्